कनकाई–७ : तरकारी खेती गर्ने कृषकको प्रोत्साहन गर्दै

चन्द्र बस्नेतकनकाई, ३० माघ । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले  वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक  वितरण गरेको छ।  वडा कार्यलय परिसरमा बुधबार आज एक कार्यक्रमको आयोजना गरी यहाँका तरकारी खेती गर्ने ३ जना कृषकलाई मल्चिङ्ग पाल्स्टिक  वितरण गरेको हो। व्यवसायीक तरकारी खेती गर्दै आउनुभएका नरहरी शिवाकोटी ,लाखबहादुर तामाङ र भक्त तामाङलाई [...] The post कनकाई–७ : तरकारी खेती गर्ने कृषकको प्रोत्साहन गर्दै appeared first on Jhapa Online.

Feb 12, 2025 - 13:01
 0
कनकाई–७ : तरकारी खेती गर्ने कृषकको प्रोत्साहन गर्दै

चन्द्र बस्नेत
कनकाई, ३० माघ ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले  वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक  वितरण गरेको छ।

 वडा कार्यलय परिसरमा बुधबार आज एक कार्यक्रमको आयोजना गरी यहाँका तरकारी खेती गर्ने ३ जना कृषकलाई मल्चिङ्ग पाल्स्टिक  वितरण गरेको हो। व्यवसायीक तरकारी खेती गर्दै आउनुभएका नरहरी शिवाकोटी ,लाखबहादुर तामाङ र भक्त तामाङलाई तरकारी खेती गर्न पुग्ने गरी ३र३ रोलका दरले मल्चिङ्ग पाल्स्टिक  वितरण गरिएको  हो । 

एक रोलले ३ कठ्ठा सम्म माटोलाई कबर गर्न सक्ने मल्चिङ्ग पाल्स्टिक  प्रयोग गर्नाले उत्पादन बढाउनुका साथै लागत घटाउने , घाम(पानीबाट बचाई माटो चिसियान राख्न मद्दत पुग्ने आवश्यक बस्तु रहेको नगर कृषि अधिकृत यदुकुमार  उप्रेतीले बताउनुभयो । उहाँले  पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न लागिपरेको बताउनुभयो ।

यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले  नगरपालिकाले कृषि  उत्पादनमा नै जोड दिदै नगरका सबै वडामा पहिलो प्राथमिकता राखेको बताउनुभयो । उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो।

करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकामा सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको नगर प्रमुख  पोखरेलले बताउनुभयो ।

यता  वडा कार्यलयले अति विपन्न भएका घर–परिवारलाई मिटर बक्स निरन्तर वितरण  गरेको  वडा अध्यक्ष भीष्मभूषण सिटौलाले बताउनुभयो । उहाँले पछिल्लो समय सीमित स्रोत साधनले पनि वडाबासीलाई सन्तुलनमा राखेर उहाँले विपन्नलाई उपचारका लागि भन्दै वडाले ५ हजारका दरले औषधि लिन भन्दै उपलब्ध गराउदै आएको बताउनुभयो ।

६ हजार भन्दा माथी जनसंख्या तथा ११ सय ९४ घर धुरी रहेको वडाले पहिलो प्राथमिकतामा कृषक, जेष्ठनागरिक, गरिब तथा विपन्न, महिला, विद्यार्थी, युवावर्ग सबैलाई समेटेर बजेट बिनियोजन गरेसँगै सबैलाई स्वरोजगार बन्दै जाने वातावरण मिलाउदै आएको जिकिर गर्नुभयो ।

वडामा कृषि, स्वास्थ्य, शिक्षा, युवा , महिला,दलित ,बालबालिका  सबै क्षेत्रमा समान ब्यवहार गर्दै कामलाई अगाडी बढाउदै गएको  वडा सदस्य निर्मल आङ्थुपोले जानकारी दिनुभयो ।

त्यस्तै, कृषकहरुलाई मल विउविजन वितरण, जेष्ठ माता पितालाई सम्मान  आयाआर्जन मुलक महिलाहरुका लागि तालीम , विद्यार्थी लक्षित  कम्प्युटर तालीमका लागि बजेट छुट्याइएको  वडा सदस्य अरुणा सुब्बाले जानकारी दिनुभयो । युवाहरूका लागि ड्राइभिङ्ग तालिम चलिरहेको युवतीका लागि पालर सिकाईको काम आयोजना गर्न लागेको वडा सदस्य सुब्बाले बताउनुभयो ।

वडाले महिला ,दलित, अल्पसंख्यक तथा पिछडिएको वर्गका लागि सीपमूलक तालिम दिएको वडा अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष सिटौलाले  कृषि अधिकृत यदुकुमार  उप्रेती  वडा सदस्य भगवान टुडु, निर्मल आङ्थुपो,  अरुणा सुब्बाले सचिव तुलासा थापा लगायतले  मल्चिङ्ग पाल्स्टिक  वितरण गर्नुभएको थियो ।

The post कनकाई–७ : तरकारी खेती गर्ने कृषकको प्रोत्साहन गर्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register