पुरन र रोहितको अर्धशतकमा एपीएफले लुम्बिनीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एक्स्ट्रा टेक ओभलमा सोमबार भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । २२४ रनको लक्ष्य एपीएफले ४१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि पुरन बिक र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । ११२ बलमा ६ चौका र […]

Mar 24, 2025 - 10:44
 0
पुरन र रोहितको अर्धशतकमा एपीएफले लुम्बिनीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

एक्स्ट्रा टेक ओभलमा सोमबार भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।

२२४ रनको लक्ष्य एपीएफले ४१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि पुरन बिक र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । ११२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका पुरन ७२ रनमा अविजित रहे । रोहितले ९४ बलमा ७ चौका प्रहार गर्दै ७१ रनको योगदान गरे ।

लुम्बिनीका लागि राजेन्द्र बमले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । कप्तान देव खनाल र मृनल गुरुङले अर्धशतकीय पारी खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।

देवले ७९ बलमा ४ चौका प्रहार गर्दै ६३ रन बनाए । मृनलले भने ८७ बलमा ४ चौका प्रहार गर्दै ५५ रन बनाए । एपीएफका लागि अमर रौतेला र अभिषेक गौतमले ३–३ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register