जम्मू–कश्मीर घटनामा बुटवलका सुदीपले ज्यान गुमाए, रेणु घाइते (२६ मृतक र १७ घाइतेको सूची)
काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् । घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन । सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ । पहलगाममा मङ्गलबार […]

काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् ।
घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन ।
सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ ।
पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ ।
यस्तै १७ जना घाइते भएका छन् ।
त्यहाँ आतङ्कवादीले नाम सोधेर हिन्दू समुदायका पर्यटकमाथि आक्रमण गरेका थिए ।
हेरौं मृतक र घाइतेको सूची :
What's Your Reaction?






