मण्डलामा ‘सम चाको सम चाको अबिहा हे’ (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा चैत ६ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिन चैत १२ गते मैथिली भाषाको नाटक ‘सम चाको सम चाको अबिहा हे’ मञ्चन गरिएको छ । लोक सञ्चार, जनकपुरको प्रस्तुति रहेको यो नाटक सांस्कृतिक परम्परा, मिथक र सामाजिक यथार्थको नाटकीय प्रस्तुति हो । यो नाटक नेपालको मैथिली समुदायमा मनाउने सामा-चकेवा […]

Mar 26, 2025 - 05:47
 0
मण्डलामा ‘सम चाको सम चाको अबिहा हे’ (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा चैत ६ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिन चैत १२ गते मैथिली भाषाको नाटक ‘सम चाको सम चाको अबिहा हे’ मञ्चन गरिएको छ ।

लोक सञ्चार, जनकपुरको प्रस्तुति रहेको यो नाटक सांस्कृतिक परम्परा, मिथक र सामाजिक यथार्थको नाटकीय प्रस्तुति हो ।

यो नाटक नेपालको मैथिली समुदायमा मनाउने सामा-चकेवा पर्वको कथामा बनाइएको छ ।

गाउँलेहरूले पौराणिक पात्रहरूको माटोको मूर्ति बनाउँछन्, जो जादूयी रूपमा जीवन्त हुन्छन् र समुदायको गहिरो सांस्कृतिक सम्पदा तथा मिथक प्रतिबिम्बित गर्दै नाटकले वास्तविक पात्रहरूको जीवनलाई उजागर गरेको छ ।

रमेश रञ्जनको लेखन तथा अम्जद प्रवेजको निर्देशनमा बनेको नाटकमा प्रियंका झा, रीना रिमाल, रुपेश के. मण्डल, अञ्जली शाह, सुदीप पटेल, जनुका दाहाल र प्रमोद यादवले अभिनय गरेका छन् ।

तस्वीर – 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register