भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

काठमाडौं । भारतीय सेनाले सोमबार जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ । तिनीहरूलाई निष्किृय पार्ने काम भइरहेको सेनाले जनाएको छ । ‘जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको छ,’ सेनाले भनेको छ । तिनीहरूलाई निष्क्रिय पार्न कारबाही भइरहेको छ । चिन्ता लिनु पर्दैन ।’ यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् […]

May 13, 2025 - 01:38
 0
भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

काठमाडौं । भारतीय सेनाले सोमबार जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ ।

तिनीहरूलाई निष्किृय पार्ने काम भइरहेको सेनाले जनाएको छ ।

‘जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको छ,’ सेनाले भनेको छ । तिनीहरूलाई निष्क्रिय पार्न कारबाही भइरहेको छ । चिन्ता लिनु पर्दैन ।’

यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने मंगलबार बिहानसम्म खुलासा गरेको छैन ।

पहलगाममा भएको आक्रमणलाई लिएर चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा दुई देशबीच यसलाई रोक्ने सम्झौता भएको थियो ।

तर सम्झौता भएको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register