खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ्गको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा काम नगरी भुक्तानी लिई अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आरोपपत्रमा वडा नं. ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन […]

Mar 26, 2025 - 08:46
 0
खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ्गको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा काम नगरी भुक्तानी लिई अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपपत्रमा वडा नं. ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई पनि प्रतिवादी बनाइएको छ ।

गलत लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्यातेरच्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा १४ लाख ८ हजारभन्दा बढी अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register