रेडक्रसको प्राथमिक उपचार तालिम सम्पन्न 

ललितपुर ।  नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाले विद्यालय प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका–१८ को आर्थिक सहयोगमा दुईदिने तालिम सम्पन्न भएको हो  ।  तालिममा वडाका सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालयका २४ विद्यार्थी सहभागिता थिए । तालिममा वडाको वालकुमारी आधारभूत विद्यालय, सहिद धर्मभक्त, हाइल्याण्ड, निर्मल, डाइनामिक, सनराइज , माउन्ट मकालु र […]

May 18, 2025 - 11:29
 0
रेडक्रसको प्राथमिक उपचार तालिम सम्पन्न 

ललितपुर ।

 नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाले विद्यालय प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका–१८ को आर्थिक सहयोगमा दुईदिने तालिम सम्पन्न भएको हो  ।

 तालिममा वडाका सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालयका २४ विद्यार्थी सहभागिता थिए । तालिममा वडाको वालकुमारी आधारभूत विद्यालय, सहिद धर्मभक्त, हाइल्याण्ड, निर्मल, डाइनामिक, सनराइज , माउन्ट मकालु र मैया एकेडेमी गरी ७ वटा संंस्थागत विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

  विद्यार्थीलाई विपतको अवस्थामा घाइतेलाई कसरी उद्दार गर्ने, बेहोस अवस्थामा कसरी प्राथमिक उपचार पद्धति अपनाउने, हातखुट्टा  भाचिदा, जलन हुँदा कस्तो किसिमको प्राथमिक उपचार पद्धति अपनाउने लगायतका विषयमा तालिम दिएको थियो । नेरेसो सैबु उपशाखाका सचिव दिवेशकुमार कार्की, निरञ्जन सेढाई र संगिता बोगटीले प्राथमिक उपचार सम्बन्धी तालिम दिएका थिए ।

 दुईदिने तालिम उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरपालिका–१८ का  अध्यक्ष दामोदर खड्काले  विपदको समयमा कसरी आफु र अरुलाई जोगाउन सकिन्छ ? भन्ने विषयमा विद्यार्थीलाई तालिम दिएको बताए ।

 उनले उपशाखासंग सहकार्य गरी विभिन्न तालिम कार्यक्रम संचालन गरिरहेको बताए । तालिम संयोजक एवं प्रमुख प्रशिक्षक कार्कीले सैबु उपशाखाले निरन्तर रुपमा तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

सैंबु उपशाखाका सभापति सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गोपाल डंगोल लगायतले बोल्नुभएको थियो । शनिवार सम्पन्न तालिममा अध्यक्ष खड्काले  प्रमाणपत्र दिनुभएको थियो ।  सभापति थापाले तालिममा सहभागी विद्यार्थी र प्रशिक्षकले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो।

  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register