इजरायलले भन्यो – गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि तयार छौं

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गरेका छन् । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई […]

May 18, 2025 - 12:21
 0
इजरायलले भन्यो – गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि तयार छौं

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।” एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register