सिद्धार्थ बैंकका ग्राहकहरूलाई होलिडे इन रिसोर्टमा छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकहरूलाई होलिडे इन रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई उक्त रिर्सोटमा १५ प्रतिशतसम्म छुट हुने भएको हो । सिद्धार्थ बैंक र होलिडे इन रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन रिसर्ट काठमाडौँमा बैंकको कार्ड तथा […]

May 18, 2025 - 11:30
 0
सिद्धार्थ बैंकका ग्राहकहरूलाई होलिडे इन रिसोर्टमा छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकहरूलाई होलिडे इन रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई उक्त रिर्सोटमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

सिद्धार्थ बैंक र होलिडे इन रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन रिसर्ट काठमाडौँमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register