उद्घोषण तालिमको समापनमा बजार प्रतिनिधि चौधरीलाई सम्मान

शिवसताक्षी, १४ चैत । श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले सञ्चालन गरेको सात दिवशीय उद्घोषण तालिमको आज समापन गरेको छ । राष्ट्रिय मह दिवसका अवसरमा श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले चैत्र ७ गतेबाट सुरु गरेको उद्घोषण तालिमको आज समापन गरेको हो ।तालिमको समापनमा कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहोराले [...] The post उद्घोषण तालिमको समापनमा बजार प्रतिनिधि चौधरीलाई सम्मान appeared first on Jhapa Online.

Mar 28, 2025 - 02:59
 0
उद्घोषण तालिमको समापनमा बजार प्रतिनिधि चौधरीलाई सम्मान

शिवसताक्षी, १४ चैत । श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले सञ्चालन गरेको सात दिवशीय उद्घोषण तालिमको आज समापन गरेको छ ।

राष्ट्रिय मह दिवसका अवसरमा श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले चैत्र ७ गतेबाट सुरु गरेको उद्घोषण तालिमको आज समापन गरेको हो ।तालिमको समापनमा कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहोराले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

सहकारीले संस्थामा आवद्ध भएका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन तथा महिलाहरुले पनि पुरुष जतिकै काम गर्न सक्छन भन्ने उद्देश्यले उहाँहरुको क्षमता विकास लागि तालिमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक देवीकुमारी दाहालले बताइन् । उनले महिलाहरुले सञ्चालन गरेको सहकारीले विगतदेखि नै सहकारीमा आबद्ध सदस्यहरुलाई आत्म निर्भर बनाउँदै लगेको बताइन् । अब कामका लागि मात्र होइन तालिमले कुनै पनि कार्यक्रममा गएर बोल्न सक्ने र आफ्ना कुराहरु निर्धक्क राख्ने सक्ने क्षमतामा बृद्धि गरेको उनको भनाई थियो ।

तालिमकी प्रशिक्षक विराट एफएमकी प्रमुख लीला अनमोलले महिलाहरुले पुरुष जतिकै काम गर्न सक्ने बताइन् । उनले आफुले नजानेको कुराहरुलाई सिकेर भए पनि हरेक काममा अघि बढ्दै जानु पर्ने तालिममा सहभागीहरुलाई सुझाएकी थिइन् । तालिमको समापनको अवसर पारेर संस्थामा २०७० सालदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत सम्झना चौधरीलाई सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष रणमाया लिम्बुको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक देवीकुमारी ओलीले गरेकी थिइन् । तालिममा २१ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । तालिम शिवसताक्षीको दूधे स्थित भूपू सैनिक संघ नेपालको सभाहलमा सञ्चालन भएको थियो ।

The post उद्घोषण तालिमको समापनमा बजार प्रतिनिधि चौधरीलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register