यूरिक एसिड र उच्च रक्तचापको सम्बन्ध

अत्यधिक रक्त यूरिक एसिडले मुटुलाई सोझै असर पार्ने देखिदैन । उच्च रक्तचापद्धारा पीडित व्यक्तिहरुमध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउँछ । यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ । [...] The post यूरिक एसिड र उच्च रक्तचापको सम्बन्ध appeared first on Jhapa Online.

Apr 18, 2025 - 10:27
 0
यूरिक एसिड र उच्च रक्तचापको सम्बन्ध


अत्यधिक रक्त यूरिक एसिडले मुटुलाई सोझै असर पार्ने देखिदैन । उच्च रक्तचापद्धारा पीडित व्यक्तिहरुमध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउँछ ।

यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ ।

जसबाट अन्ततोगत्वा मुटुमा नकारात्मक असर पर्दछ । यसकारण रगतमा यूरिक एसिड बढेको पाइएमा उपचार गराउनु राम्रो हुन्छ । रगतमा यूरिक एसिड बढी भएमा रोगीहरुले खानामा विशेष ध्यान दिनुपर्छ ।

मुख बार्नु पर्ने खानाहरु
१. रातो मासु, (खसी, राँगो) भित्रि मासु, (कलेजो, मुटु, मिर्गौला, गिदी, फोक्सो आदि)
२.समुन्द्री माछाहरु प्राउन लोबस्टर
३. ड्राईफुट्स, काजु, ओखर, पेस्ता आदि ।
४. सबै प्रकारका दाल र गेडागुडीहरु
५. अण्डा
६. रक्सीहरु
७. गोलभेडा, काउली, फालुङ्गो साग ।

प्रसस्त मात्रामा खाए हुने खानाहरु
१. रोटी, गहुँ, आँटा, चामल आदि ।
२. मौसमी तरकारी तथा सागपातहरु (सिमी बोडी आदि बाहेक)
३.सबै प्रकारका मौसमी ताजा फलफुलहरु ।

डा. प्रकाशराज रेग्मी (बरिष्ट मुटुरोग विशेषज्ञ)

The post यूरिक एसिड र उच्च रक्तचापको सम्बन्ध appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register