राजावादी प्रदर्शनकारीको आक्रमणबाट पत्रकार गौतम घाइते

काठमाडौं ।  शुक्रवार तीनकुनेमा भएको राजावादी पक्षधरहरूको आन्दोलनमा पत्रकार दिनेश गौतममाथि आक्रमण भएको छ । आक्रमणमा परेर अनलाइनखबरमा कार्यरत पत्रकार गौतमको खुट्टा भाँच्चिएको छ । रिपोर्टिङका लागी तीनकुने क्षेत्र पुगेका पत्रकार गौतममाथि प्रहरीको बन्दुक खोसेको तस्बीर खिच्ने क्रममा राजावादी प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए । फोटो खिचेपछि प्रदर्शनकारीहरू आफूमाथि आइलागेको गौतमले नेपालभ्युजलाई बताए । प्रदर्शनकारीहरूले माहोललाई थप […]

Mar 28, 2025 - 15:24
 0
राजावादी प्रदर्शनकारीको आक्रमणबाट पत्रकार गौतम घाइते

काठमाडौं ।  शुक्रवार तीनकुनेमा भएको राजावादी पक्षधरहरूको आन्दोलनमा पत्रकार दिनेश गौतममाथि आक्रमण भएको छ । आक्रमणमा परेर अनलाइनखबरमा कार्यरत पत्रकार गौतमको खुट्टा भाँच्चिएको छ ।

रिपोर्टिङका लागी तीनकुने क्षेत्र पुगेका पत्रकार गौतममाथि प्रहरीको बन्दुक खोसेको तस्बीर खिच्ने क्रममा राजावादी प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए । फोटो खिचेपछि प्रदर्शनकारीहरू आफूमाथि आइलागेको गौतमले नेपालभ्युजलाई बताए । प्रदर्शनकारीहरूले माहोललाई थप उत्तेजित बनाउन गौतमलाई सीआईडी रहेको आरोप समेत लगाएका थिए ।

‘फोटो खिचेपछि सीआईडी हो भन्दै धकेले,अनि कुटपिट गरे,’ गौतमले भने । गौतमको देब्रे खुट्टाको गोलीगाँठाको छेउमा भाँचिएको छ ।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै गरिएको आन्दोलनमा सञ्चार गृह र सञ्चारकर्मी निसानामा परेका छन् । प्रदर्शनले उग्र रूप लिँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर, अन्नपूर्ण पोस्ट लगायतका सञ्चारमाध्यम तोडफोड गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register