यू–१९ की कप्तान पूजाको सिनियर राष्ट्रिय टोलीमा पुनरागमन

काठमाडौं । यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान इन्दुसहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, […]

Jan 27, 2025 - 04:32
 0
यू–१९ की कप्तान पूजाको सिनियर राष्ट्रिय टोलीमा पुनरागमन

काठमाडौं । यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान इन्दुसहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।

यू–१९ की कप्तान पूजाले सिनियर टोलीमा पुनरागमन गरेकी छिन् । यसैगरी अलिशाकुमारी यादवलाई पनि समावेश गरिएको छ ।

माघ २५ सम्म सञ्चालन हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस्तो छ खेल तालिका :

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

त्यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register