अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सितार बादनमा राग देशको  प्रस्तुती । 

Mar 29, 2025 - 11:26
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सितार बादनमा राग देशको  प्रस्तुती । 


चैत्र १६, काठमाण्डौ । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ३३  औं श्रृंखलामा सितार बादक डा. साउन जोशीले सितार बादनमा राग देशको प्रस्तुती गर्नु गर्नु भएको छ । 
उहाँलाई तबलामा बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले साथ दिनु भएको थियो ।
डां जोशीले राग  देशसंगै राग मिश्र पहाडीको धुन पनि प्रस्तुत गर्नु भएको थियो । 


यस अघि प्रतिष्ठानमा अध्ययनरत बालवालिकाहरुले सांतितिक प्रस्तुती गरेका थिए । सो  गायन प्रस्तुतीमा दिव्यानन्द ढकाल, श्रेया ढकाल र शाम्भी चौलागाईले भाग लिएका थिए भने उनीहरुलाई तबलामा भूमि प्रसाद शर्माले साथ दिएका थिए । 


कार्यक्रम पश्यात प्रमुख अतिथी काठमाडौं महानगरपालिका वडा न.९ का वडाध्यक्ष राजिव थापाले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 


शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत ३३   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register