ज्ञानेन्द्रलाई जरिवाना : पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारीमा महानगर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ । जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो । “त्यहाँ (निर्मल निवास)मा पत्र बुझ्न मानेनन् । अब हुलाकबाट पठाउने तयारी हुँदैछ,” महानगर स्रोतले भन्यो । शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ […]

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ । जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।
“त्यहाँ (निर्मल निवास)मा पत्र बुझ्न मानेनन् । अब हुलाकबाट पठाउने तयारी हुँदैछ,” महानगर स्रोतले भन्यो ।
शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।
* यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ ।
ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?
What's Your Reaction?






