माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

मोरङ, ३१ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । मदेली [...] The post माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु appeared first on Jhapa Online.

Jun 14, 2025 - 17:12
 0
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

मोरङ, ३१ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

The post माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register