सञ्चारकर्मी सुरेश रजकलाई शहीद घोषणा गर्न माग

काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहीद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकार समक्ष माग गरेका छन् ।सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पावर्ती डबली धर्ना दिई सो माग गरेका हुन्। धर्नामा विभिन्न वक्ताहरुले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक […]

Mar 30, 2025 - 14:39
 0
सञ्चारकर्मी सुरेश रजकलाई शहीद घोषणा गर्न माग

काठमाडौं।

नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहीद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकार समक्ष माग गरेका छन् ।
सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पावर्ती डबली धर्ना दिई सो माग गरेका हुन्।

धर्नामा विभिन्न वक्ताहरुले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मर्ने र सञ्चारगृहमाथिभएको आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएकोमा आलोचना समेत गरेका थिए।घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मी मारिएकोमा निकै दुःख व्यक्त गरे । 

सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उहाँलाई शहिद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले सो माग पुरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै सरकार चैत्र १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई शहिद घोषणा र प्रति परिवारप्रति संवेदनशील भई परिवारप्रति उचित क्षतिपूर्ति दिन माग गरे। उनले पत्रकार मारिएको विषयमा गृह मन्त्रालय जबाफदेही बन्न पनि आग्रह गरे।

धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरे। सरकारले सञ्चारकर्मी सुरेश रजकलाई तीन दिन भित्र शहिद घोषणा नगरे सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुने पनि अध्यक्ष राजकर्णिकारको भनाई रहेको छ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबारको तीनकुनेमा भएको घटनामा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै सरकारले घटना लुकाउन खोजेको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठन गर्न माग गरे।

मृतक सञ्चारकर्मीका परिवारको तर्फबाट राजेन्द्र रजकले तीनकुनेको घटना सरकार आफ्नो न्यूनतम दायित्वबाट वञ्चित भएर घटनाको तथ्यबंग्याउन खोजेको बताउँदै पीडित परिवारप्रति उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो भएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरु अनुत्तरित रहेकोले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गरे। गृहप्रशासनले आन्दोलनमा मारिने सविन महर्जन र सञ्चारकर्मी रजक परिवारसमक्ष पुगेर पीडित परिवारप्रति मल्हम लगाउने र  क्षतिपूर्ति दिन प्रतिबद्धता देखाउने काम नगरेको पनि उनको भनाई थियो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धरले तीनकुनेमा भएका अराजक घटना स्ुनियोजित रहेको बताउँदै त्यसमा गृह प्रशासन चुकेकोमा केन्द्रित गर्दै आआफ्नो धारणा राखे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register