स्मार्ट भिलेज आमन्त्रित आठौँ गोल्डकप फुटबल प्रतियोगिता हुने 

लमजुङ।   लमजुङको सुखी गाँउ घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित आठौँ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ । नयाँ वर्षको अवसरमा घलेगाउँमा सदरमुकाम बाहेक जिल्लाको ग्रामीण क्षेत्रमा हुने प्रतियोगिता मध्ये सर्वाधिक राशि उपाधि सहितको फुटबल प्रतियोगिता हुने भएको हो ।  पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले  बेँसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी आमन्त्रित स्मार्ट भिलेज गोल्ड […]

Mar 30, 2025 - 17:26
 0
स्मार्ट भिलेज आमन्त्रित आठौँ गोल्डकप फुटबल प्रतियोगिता हुने 

लमजुङ। 

 लमजुङको सुखी गाँउ घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित आठौँ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ । नयाँ वर्षको अवसरमा घलेगाउँमा सदरमुकाम बाहेक जिल्लाको ग्रामीण क्षेत्रमा हुने प्रतियोगिता मध्ये सर्वाधिक राशि उपाधि सहितको फुटबल प्रतियोगिता हुने भएको हो । 

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले  बेँसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगिताको बारेमा जानकारी गराएको हो । सार्क नमुना गाउँ, उत्कृष्ट होमस्टे, स्मार्ट भिलेज हुँदै सुखी गाउँ घोषणा भएको घलेगाउँले गाउँको थप प्रचार प्रसारका लागि फुटबल प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रत्येक वर्ष वैशाख अन्तिम साता घलेगाउमा महोत्सव हुँदै आएकोमा पछिल्लो वर्षहरुमा महोत्सवलाई परिमार्जन गरी फुटबल प्रतियोगिता आयोजना गर्न थालेको हो । पाँच वर्षसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले दुईबर्ष अघिदेखि आमन्त्रित फुटबल प्रतियोगिता शुरु गरेका हुन् । 

प्रतियोगितामा जिल्लाभित्रका चार टीम सँगै भारतको एक टिमसहित जिल्ला बाहिरका सातवटा फुटबल कलबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागी हुने आयोजकको भनाई छ । 

प्रतियोगितामा भारतको बालियाबाट एमएससी क्लवले सहभागिता जनाउने छ भने जिल्ला बाहिरका टीममा भुइँखेल फुटबल क्लब काठमाडौं, अभिषेक चर्च रजहर नवलपुर, फ्रेण्डसिप युथ क्लव तनहुँ, रड्स रामपुर चितवन, गुन्नी फुटबल क्लव पोखरा, सीवाईसी युनाईटेड तुरतुरे तनहुँ र एन्फा मनाङ रहेका छन् ।

यसैगरी, लमजुङका क्लबमा त्रिवेणी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेसीशहर युथ सोसाइटी शेरा र नाल्म ११ बेसीशहर रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र बासको निःशुल्क व्यवस्थापन गरिएको पनि आयोजकले जनाएको छ ।

आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ लाख पाँचसय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार रहेको छ । त्यसैगरी प्रतियोगिताको उपविजेताले  नगद तीनलाख ५० हजार तीनसय ५५ रुपैयाँ, कप र मेडल पाउनेछ । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०–१० हजार रुपैयाँ र मेडल प्रदान गरिने र प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने खेल संयोजक घलेको भनाई छ ।

घलेगाउँमा फुटबल संगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । व्यावसायिक होमस्टे सुरुवात गरेको २५ वर्ष पुगेको अवसरमा यसवर्ष घलेगाउँले रजत जयन्ती समेत मनाउने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register