पार्टी कार्यालयबाट रविको उद्घोष : सरकारको लुटतन्त्र टुलुटुलु हेर्दिनँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको लुटतन्त्रलाई टुलुटुलो हेरेर नबस्ने बताएका छन् । पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सरकारको लुटतन्त्र टुलुटुलु नहेर्ने बताएका हुन् । ‘दुईतिहाईको सरकारले ज्युँदै जोडेको छ । त्यही नै मेरो जीत हो । शरीरमा रगत हुन्जेल म लड्नेछु,’ उनले भने । आफू राजनीतिमा भएकै कारणले सरकारले दु:ख दिएको उनले बताए […]

Mar 31, 2025 - 10:52
 0
पार्टी कार्यालयबाट रविको उद्घोष : सरकारको लुटतन्त्र टुलुटुलु हेर्दिनँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको लुटतन्त्रलाई टुलुटुलो हेरेर नबस्ने बताएका छन् । पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सरकारको लुटतन्त्र टुलुटुलु नहेर्ने बताएका हुन् ।

‘दुईतिहाईको सरकारले ज्युँदै जोडेको छ । त्यही नै मेरो जीत हो । शरीरमा रगत हुन्जेल म लड्नेछु,’ उनले भने । आफू राजनीतिमा भएकै कारणले सरकारले दु:ख दिएको उनले बताए । ‘लुटतन्त्र मच्चाएकाहरूलाई खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन,’ उनले भने ।

अदालतप्रति आफ्नो आशा र भरोसा कायमै रहेको उनले बताए । जनतामा देखिएको निराशा चिर्नुपर्ने बेला आएको भन्दै त्यसमा दत्तचित्त भएर अघि बढ्ने उनले बताए । उनले आगामी शनिबार चितवनमा विशेष सम्बोधन गर्ने पनि बताए । सरकारबाट होसियार हुनुपर्ने उनले बताए । जनतालाई सुरक्षा गर्न सरकार सक्षम नभएको उनले बताए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register