पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ । परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । साेमबार राति भएकाे यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला पनि रहेको सुन्दरवन प्रहरी कार्यालयकका एसपी कोटेश्वर रावले […]

Apr 1, 2025 - 04:35
 0
पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

साेमबार राति भएकाे यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला पनि रहेको सुन्दरवन प्रहरी कार्यालयकका एसपी कोटेश्वर रावले जानकारी दिए ।

विष्फोटमा परी केही मानिस घाइते भएको समाचारमा जनाएको छ । तर सङ्ख्या खुलाइएको छैन ।

एक घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register