कोशी प्रदेशले मोटरसाइलकमा बढायो कर

झापा, ६ असार । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ [...] The post कोशी प्रदेशले मोटरसाइलकमा बढायो कर appeared first on Jhapa Online.

Jun 20, 2025 - 10:42
 0
कोशी प्रदेशले मोटरसाइलकमा बढायो कर

झापा, ६ असार । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पुर्‍याइएको छ । १५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पुर्‍याइएको छ ।

योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा धेरै ४०० सीसीसम्मको मोटरसाइकलको लागि ११ हजार र सोभन्दा धेरै क्षमताको लागि वार्षिक २० हजार रुपैयाँ कर निर्धारण गरिएको छ ।

The post कोशी प्रदेशले मोटरसाइलकमा बढायो कर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register