तीनकुनेमा मृत्यु भएका पत्रकार रजकको आज पोस्टमार्टम

काठमाडौं । यही चैत १५ गते तीनकुनेमा भएको राजतन्त्र समर्थकको आन्दोलनका क्रममा जलेर मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रका सुरेश रजकको शवको पोस्टमार्टम आज (बुधबार) हुने भएको छ । चिकित्सकहरूले आज एक्स रे पोष्टमार्टम हुने जानकारी दिएको रजकको परिवार स्रोतले जनाएको छ । रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले मङ्गलबार एक्स–रे गर्नुपर्ने अडान लिएका थिए । […]

Apr 2, 2025 - 03:23
 0
तीनकुनेमा मृत्यु भएका पत्रकार रजकको आज पोस्टमार्टम

काठमाडौं । यही चैत १५ गते तीनकुनेमा भएको राजतन्त्र समर्थकको आन्दोलनका क्रममा जलेर मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रका सुरेश रजकको शवको पोस्टमार्टम आज (बुधबार) हुने भएको छ ।

चिकित्सकहरूले आज एक्स रे पोष्टमार्टम हुने जानकारी दिएको रजकको परिवार स्रोतले जनाएको छ ।

रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले मङ्गलबार एक्स–रे गर्नुपर्ने अडान लिएका थिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि मङ्गलबार हुने भनिएको पोस्टमार्टम आजका लागि सरेको थियो ।

क्यामराम्यान रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले मङ्गलबार पत्र पठाएको थियो । तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी हल्ला चलेकाले एक्स रे गरेर मात्रै पोष्टमार्टम गर्ने भएका हुन् ।

यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको प्रेस विज्ञप्तिमार्फत खण्डन गरेको थियो । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको अवस्थानमा तीन कुनेको एउटा घरको दुई तलामाथि भेटिएको थियो ।

पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स-रे गर्नुपर्ने चिकित्सकको अडान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register