मनाइयो प्रेस स्वतन्त्रता दिवस, एआईको प्रभावबारे जोड

काठमाडौं । “साहसी नयाँ संसारमा रिपोर्टिङ : प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभाव र मिडिया” भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ मनाइएको छ । काठमाडौंको हायात सेन्ट्रिक होटलमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकले पत्रकारितामाथिको बढ्दो चुनौतीबारे चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताए । संयोजकले भने, “कृत्रिम बुद्धिमत्ता (एआई)ले सूचना प्रवाहमा […]

May 4, 2025 - 07:49
 0
मनाइयो प्रेस स्वतन्त्रता दिवस, एआईको प्रभावबारे जोड

काठमाडौं । “साहसी नयाँ संसारमा रिपोर्टिङ : प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभाव र मिडिया” भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ मनाइएको छ ।

काठमाडौंको हायात सेन्ट्रिक होटलमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकले पत्रकारितामाथिको बढ्दो चुनौतीबारे चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताए ।

संयोजकले भने, “कृत्रिम बुद्धिमत्ता (एआई)ले सूचना प्रवाहमा नयाँ अवसरहरू ल्याए पनि गलत सूचना, घृणा फैलाउने सामग्री र गहिरो नक्कली सामग्रीजस्ता चुनौती पनि निम्त्याएको छ ।” उनले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न एआईको जवाफदेह र नैतिक प्रयोग आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घले सूचना अखण्डताका लागि ग्लोबल डिजिटल कम्प्याक्ट, युनेस्कोको एआई नैतिक सिफारिसलगायतका पहलमार्फत डिजिटल क्षेत्रमा सत्य र पारदर्शिता प्रवर्द्धन गरिरहेको उल्लेख गरिएको थियो ।

नेपालका पत्रकारहरू आर्थिक दबाब, कमजोर कानुनी संरक्षण र डिजिटल असुरक्षाबाट प्रभावित रहेको उल्लेख गर्दै संयोजकले पछिल्लो वर्ष निधन भएका दुई पत्रकार सुरेश रजक र सुरेश भुलको सम्झनामा श्रद्धाञ्जली अर्पण गरे ।

राष्ट्रसङ्घले नेपालमा पत्रकार सुरक्षा, मिडिया साक्षरतासँगै एआईसम्बन्धी तालिम, लैङ्गिक हिंसा न्यूनीकरण र सार्वजनिक हित पत्रकारितामा सहयोग गरिरहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा क्षेत्रीय सहकार्यमार्फत दक्षिण एसियाली मुलुकहरूबीच समन्वय गरी सत्य, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनुपर्नेमा जोड दिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register