पोष्ट मर्जर लफडाः कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए सम्पदा लघुवित्तका कर्मचारी, आफूहरुलाई हेपेको आरोप ! 

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । साबिकको साधना र सबैको लघुवित्त वित्तीय संस्थाबीचको मर्जरपछि बनेको सम्पदा लघुवित्तमा कर्मचारीबीच विभेदपूर्ण व्यवहार भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका लघुवित्तका कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । कर्मचारीले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बैशाख […]

May 4, 2025 - 07:46
 0
पोष्ट मर्जर लफडाः कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए सम्पदा लघुवित्तका कर्मचारी, आफूहरुलाई हेपेको आरोप ! 

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । साबिकको साधना र सबैको लघुवित्त वित्तीय संस्थाबीचको मर्जरपछि बनेको सम्पदा लघुवित्तमा कर्मचारीबीच विभेदपूर्ण व्यवहार भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका लघुवित्तका कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

कर्मचारीले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बैशाख २१ गते (आइतबार) कालोपट्टी बाँधेर कार्यालय समयभित्र शान्तिपूर्ण सांकेतिक विरोध जनाएका छन् । दोस्रो चरणमा बैशाख २३ गते कालोपट्टी बाँध्ने र आधा दिन पेन डाउन गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, तेस्रो चरणमा बैशाख २५ शान्तिपूर्ण प्रदर्शनसहित शाखा कार्यालयको नियमित कामकाज पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका कर्मचारीहरुले चौथो चरणमा बैशाख २८ गतेपछि संस्थाको केन्द्रीय कार्यालय घेराउ गर्ने र कुनै पनि कार्यालयमा दैनि काम नगर्ने/नगराउने घोषणा गरेका छन् । 

यसो त लघुवित्तमा देखिएको लफडा सुल्झाउन भन्दै संघर्ष समितिले कम्पनी सचिवमार्फत २०८२ बैशाख ७ गते नै २८ बुँदे मागपत्र सञ्चालक समितिलाई पेश गरेको थियो । तर, व्यवस्थापनको बेवास्ताका कारण हालसम्म उक्त मागपत्रको कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको आन्दोलनरत कर्मचारीले बताएका छन् । ‘भेदभावविरुद्ध संघर्ष समिति’को नेतृत्वमा अघि बढाइएको आन्दोलनको सूचना संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समक्ष औपचारिक रूपमा बुझाइएको छ ।’, संघर्ष समितिका अध्यक्ष दिपेन्द्र तामाङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मर्जरपछि संस्थाभित्र देखिएको पक्षपाती व्यवहार, पारदर्शिताको अभाव र न्यायोचित प्रक्रिया नअपनाइएका कारण कर्मचारीहरूबीच गम्भीर असन्तोष पैदा भएको छ ।’

त्यस्तै, संस्थाले आफूहरुको मागप्रति बेवास्ता गरे वा कुनै पनि हस्तक्षेप, दबाब वा अमानवीय व्यवहार गरे प्रतिरक्षाका लागि कठोर कदम चाल्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन् । 

अध्यक्ष भन्छन्- ‘समस्या समाधान गर्नुपर्छ, सकेसम्म छिटो गर्छौँ’  
यता संस्थाका नवनियुक्त अध्यक्ष प्रदिप सिग्देलले पनि संस्थामा पोस्ट मर्जरको लफडा देखिएको स्वीकारेका छन् । उनले दुई संस्था एक हुँदा यस्तो समस्या देखिनु सामान्य भएको भन्दै समस्या समाधान गर्नैपर्ने र बोर्ड त्यसका लागि तयार रहेको पनि बताएका छन् । 

‘यो मर्जरपछि देखिएको समस्या हो । कर्मचारीहरुले आफूहरुलाई विभेदपूर्ण व्यवहार भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘समस्या समाधान गर्न बोर्ड तयार छ । हामीले कमिटि नै बनाएर समस्या सामाधान गर्न खोजिरहेका छौँ । सकेसम्म छिटो समस्या समाधान गर्छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register