दिल्लीमा मतदान जारी, ९६ महिला उम्मेदवार चुनावी मैदानमा
काठमाडौं । भारतको दिल्ली विधानसभा निर्वाचनको मतदान बुधबार बिहानैदेखि जारी छ । दिल्लीमा जम्मा ९६ महिला उम्मेदवार चुनावी मैदानमा छन्, जुन कुल उम्मेदवारको १४ प्रतिशत मात्र हो । मुख्यमन्त्री आतिशी आम आदमी पार्टीको तर्फबाट प्रमुख महिला अनुहार हुन् । यसैबीच, काङ्ग्रेस आईले कालकाजी सिटबाट आतिशीको विरुद्धमा अलका लाम्बालाई उम्मेदवार बनाएको छ । अर्कोतिर, ग्रेटर कैलाशमा […]

काठमाडौं । भारतको दिल्ली विधानसभा निर्वाचनको मतदान बुधबार बिहानैदेखि जारी छ ।
दिल्लीमा जम्मा ९६ महिला उम्मेदवार चुनावी मैदानमा छन्, जुन कुल उम्मेदवारको १४ प्रतिशत मात्र हो । मुख्यमन्त्री आतिशी आम आदमी पार्टीको तर्फबाट प्रमुख महिला अनुहार हुन् ।
यसैबीच, काङ्ग्रेस आईले कालकाजी सिटबाट आतिशीको विरुद्धमा अलका लाम्बालाई उम्मेदवार बनाएको छ ।
अर्कोतिर, ग्रेटर कैलाशमा भारतीय जनता पार्टी (भाजपा)तर्फबाट शिखा राई सौरभ भारद्वाजविरुद्ध चुनाव लड्दै छिन् ।
आतिशीले अघिल्लोपटक पनि दिल्लीको कालकाजी सिटबाट चुनाव जितेकी थिइन् । अलका अखिल भारतीय महिला काङ्ग्रेसकी अध्यक्ष हुन् ।
दिल्ली विधानसभा निर्वाचन : ६९९ उम्मेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्दै
What's Your Reaction?






