बहुदलीय प्रतिस्पर्धा निषेधको प्रयासविरूद्ध सङ्घर्ष गर्न मोर्चा बन्यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिलाई पराजित गर्न र लोकतान्त्रिक गणतन्त्र सबल बनाउन सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा भएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले सङ्घीय गणतन्त्र र धर्मनिरपेक्षाताको रक्षाको सङ्घर्षका लागि मोर्चाको आवश्यकता रहेको बताए । “मुलुकमा लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धि उल्ट्याउने कोसिस भइरहेको र ठूला […]

Apr 3, 2025 - 12:28
 0
बहुदलीय प्रतिस्पर्धा निषेधको प्रयासविरूद्ध सङ्घर्ष गर्न मोर्चा बन्यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिलाई पराजित गर्न र लोकतान्त्रिक गणतन्त्र सबल बनाउन सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा भएको बताएका छन् ।

मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले सङ्घीय गणतन्त्र र धर्मनिरपेक्षाताको रक्षाको सङ्घर्षका लागि मोर्चाको आवश्यकता रहेको बताए । “मुलुकमा लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धि उल्ट्याउने कोसिस भइरहेको र ठूला दलले बहुदलीय प्रतिस्पर्धालाई निषेध गर्न खोजेपछि मोर्चाको ऐतिहासिक आवश्यकता महसुस भएको छ,” उनले भने ।

काङ्ग्रेस र कम्युनिस्टहरूले थ्रेसहोल्ड बढाउँदै र दुई दललाई मात्रै अनुकूल कानुनी व्यवस्था ल्याउन अग्रसर भएपछि त्यसलाई विफल पार्न मोर्चा गठन भएको उनले बताए । “कम्युनिस्ट र काङ्ग्रेस पहिले बहुदलीय व्यवस्थाका पक्षधर थिए । अहिले थ्रेसहोल्ड बढाउने र दुई दललाई मात्रै अनुकूल हुने कानुनको व्यवस्था गर्नेतर्फ अग्रसर भए । यसलाई विफल बनाउन मोर्चा गठन भएको हो,” उनले भने ।

मोर्चाले पहिचान र सामर्थ्यबाट प्रदेशको नामाङ्कन र सीमाङ्कनका साथै संविधानलाई अधिकारसम्पन्न बनाउन सङ्घर्ष गर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register