तोलामा ३९ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा रेकर्ड कायम गरिरहेको सुनको मूल्य शुक्रबार ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँमा […]

Apr 4, 2025 - 06:30
 0
तोलामा ३९ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा रेकर्ड कायम गरिरहेको सुनको मूल्य शुक्रबार ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा १ सय २५ रुपैयाँले घटेर चाँदी १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register