धरौटीमा छुटे डा. निकोलस भुसाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  प्रहरी हिरासतमा रहेका बेला सुतिरहेको तस्वीर  सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । साइबर अपराधको कसुरमा बिहीबार पक्राउ परेका ‍उनलाई न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले  ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएक हो । शुक्रबार कास्की जिल्ला अदालतमा भुसालविरुद्ध सरकारी […]

Jan 17, 2025 - 12:35
 0
धरौटीमा छुटे डा. निकोलस भुसाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  प्रहरी हिरासतमा रहेका बेला सुतिरहेको तस्वीर  सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

साइबर अपराधको कसुरमा बिहीबार पक्राउ परेका ‍उनलाई न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले  ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएक हो ।

शुक्रबार कास्की जिल्ला अदालतमा भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता  गर्दै बयान र थुनछेक बहस भएको थियो ।

यसअघि ७ पुसमा पक्राउ परेका उनलाई न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न  आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register