भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का […]

May 6, 2025 - 17:24
 0
भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडौं  परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

यसैबीच, प्रहरीले रु एक करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र रु एक करोड जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले आज स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register