गाजामा इजरायली आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको गाजाका स्वास्थ्य अधिकारी र राहतकर्मीहरूले दिएका छन् । उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले जबालियामा […]

Apr 25, 2025 - 03:27
 0
गाजामा इजरायली आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको गाजाका स्वास्थ्य अधिकारी र राहतकर्मीहरूले दिएका छन् ।

उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।

इजरायल रक्षा बल (आईडीएफ)ले जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।
इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ ।

पछि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको घरमा भएको बम आक्रमणमा १२ जना परिवारका सदस्यको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ ।

यद्यपि, आईडीएफले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।

यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ ।

नागरिक सुरक्षाका अनुसार यसमा छ जनाको परिवार समावेश थियो। गाजा शहरको उत्तरी शेख रदवान क्षेत्रमा राति जसको घरमा आक्रमण भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register