काठमाडौंमा सेतो मछिन्द्रनाथको रथ यात्रा शुरू

काठमाडौं । सेतो मछिन्द्रनाथको रथ यात्रा शनिबारबाट शुरू भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा शुरू गर्ने प्रचलनअनुसार जात्राको पहिलो दिन शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पु¥याइएको छ । दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकामा लगेर राखिन्छ । त्यसैगरी तेस्रो दिन सेतो मछिन्द्रनाथको रथ हनुमानढोकाबाट लगनसम्म […]

Apr 6, 2025 - 02:20
 0
काठमाडौंमा सेतो मछिन्द्रनाथको रथ यात्रा शुरू

काठमाडौं

सेतो मछिन्द्रनाथको रथ यात्रा शनिबारबाट शुरू भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा शुरू गर्ने प्रचलनअनुसार जात्राको पहिलो दिन शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पु¥याइएको छ ।

दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकामा लगेर राखिन्छ । त्यसैगरी तेस्रो दिन सेतो मछिन्द्रनाथको रथ हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने प्रचलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै रथ यात्राको चौँथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइनेछ ।
मच्छिन्द्रनाथको राष्ट्र प्रमुखले पनि दर्शन गर्ने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पनि दर्शन गर्नुहुनेछ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो रथयात्रा शुरू भएको बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register