एक्यूआई : वायु प्रदूषणमा काठमाडौं दोस्रो प्रदूषित सहर, दिल्ली पहिलो

काठमाडौं। काठमाडौं उपत्यकामा आइतबार पनि वायु प्रदूषण उच्च रहेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मापन अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। आइतबार बिहान सबा ६ बजेको मापन अनुसार भारतको दिल्ली पहिलो र पाकिस्तानको लाहोर तेस्रो स्थानमा छन्। काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०४ पुगेको छ भने दिल्लीको २४९ र लाहोरको २०२ […]

Apr 6, 2025 - 02:24
 0
एक्यूआई : वायु प्रदूषणमा काठमाडौं दोस्रो प्रदूषित सहर, दिल्ली पहिलो

काठमाडौं। काठमाडौं उपत्यकामा आइतबार पनि वायु प्रदूषण उच्च रहेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मापन अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ।

आइतबार बिहान सबा ६ बजेको मापन अनुसार भारतको दिल्ली पहिलो र पाकिस्तानको लाहोर तेस्रो स्थानमा छन्। काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०४ पुगेको छ भने दिल्लीको २४९ र लाहोरको २०२ रहेको छ।

विगत लामो समयदेखि पानी नपरेका कारण काठमाडौंको आकाशमा धुलो जम्मा भएको छ र उपत्यका आसपासका जङ्गलमा लागेको डढेलोको धुवाँले प्रदूषण बढाएको विज्ञहरुले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले काठमाडौंको वायु अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको भन्दै नागरिकलाई सजगता अपनाउन आग्रह गरेको छ। चिकित्सकहरूले साँझ र बिहानको समयमा घर बाहिर ननिस्कन सुझाव दिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहन र १०१ देखि १५० सम्मको एक्यूआईलाई श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर, २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register