डोनाल्ड ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक, पहिलो कार्ड आफैँले किने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, ‘विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।’ ‘बहुत रोमाञ्चक कुरा, म पहिलो खरीदकर्ता भएको छु […]

Apr 6, 2025 - 03:54
 0
डोनाल्ड ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक, पहिलो कार्ड आफैँले किने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् ।

आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, ‘विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।’

‘बहुत रोमाञ्चक कुरा, म पहिलो खरीदकर्ता भएको छु ।’, उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए ।

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीले नयाँ कार्डअत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् । फेब्रुअरीमा उहाँले आफ्नो प्रशासनले ‘शायद १० लाख’ कार्डहरू बेच्ने आशा गरेको बताउका थिए र उनले यसको खरिद्का लागि रूसी कुलीन वर्गहरू योग्य हुन सक्छन् भन्ने कुरालाई समेत इन्कार गरेका थिएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register