पौडेललाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने भएको छ । मंगलबार अदालतले पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको हो । योसँगै उनलाई राष्ट्र बैंकको गभर्नर बन्न बाटो खुला भएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चले जनाएको छ […]

May 20, 2025 - 13:12
 0
पौडेललाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने भएको छ । मंगलबार अदालतले पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको हो । योसँगै उनलाई राष्ट्र बैंकको गभर्नर बन्न बाटो खुला भएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चले जनाएको छ ।

अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो ।

यसअघि दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको छ । उनलाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register