युवा केन्द्रित संस्थालाई युनेस्कोको मिडिया साक्षरता तालिम

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले युवा केन्द्रित संस्थालाई मिडिया साक्षरता तालिम दिएको छ । नेपालका युवाहरूमाझ सञ्चारमाध्यम र सुचना साक्षरता वृद्धिको उद्देश्यले युथ इनोभेसन ल्याबसँगको सहकार्यमा २५ संस्थाका प्रतिनिधिलाई साक्षरता तालिम दिएको हो । तथ्य जाँच, पारदर्शिता, डिजिटल दायित्वका क्षेत्रमा काम गरिरहेका युवा केन्द्रित संस्थालाई तालिम प्रदान गरिएको थियो । युनेस्कोका […]

May 20, 2025 - 16:12
 0
युवा केन्द्रित संस्थालाई  युनेस्कोको मिडिया साक्षरता तालिम

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले युवा केन्द्रित संस्थालाई मिडिया साक्षरता तालिम दिएको छ ।

नेपालका युवाहरूमाझ सञ्चारमाध्यम र सुचना साक्षरता वृद्धिको उद्देश्यले युथ इनोभेसन ल्याबसँगको सहकार्यमा २५ संस्थाका प्रतिनिधिलाई साक्षरता तालिम दिएको हो । तथ्य जाँच, पारदर्शिता, डिजिटल दायित्वका क्षेत्रमा काम गरिरहेका युवा केन्द्रित संस्थालाई तालिम प्रदान गरिएको थियो ।

युनेस्कोका नेपाल प्रतिनिधि जेको डु टोएटले युवाहरू लोकतन्त्र र पारदर्शिताका प्रवर्द्धक रहेकाले विज्ञहरूको सहभागितामा उनीहरूलाई प्रभावकारी तालिमको आयोजना गरिएको बताए ।

युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाहरूमाझ आलोचनात्मक चेत विकास र तथ्य खपत सहित डिजिटल शीप विकासका लागि तालिम सहयोगी रहेको उल्लेख गरे ।

सुचना प्रविधि मामिला विज्ञहरू दीपक अधिकारी, उज्जवल आचार्य, विजय तिम्लसिना सहित अधिवक्ताद्वय रूक्मणी महर्जन, सुस्मिता घिमिरे लगायतले तालिम दिएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register