झापामा मोटरसाइकल र अटो टेम्पो चोरीमा संलग्न चार जना पक्राउ

झापा, ६ गते । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई हाल कनकाई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड-७ का २७ वर्षीय [...] The post झापामा मोटरसाइकल र अटो टेम्पो चोरीमा संलग्न चार जना पक्राउ appeared first on Jhapa Online.

May 20, 2025 - 12:49
 0
झापामा मोटरसाइकल र अटो टेम्पो चोरीमा संलग्न चार जना पक्राउ

झापा, ६ गते । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई हाल कनकाई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड-७ का २७ वर्षीय जागिर आलम रहेका छन ।

झापा जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल चोरी भएको भन्ने निवेदन प्रहरी कार्यालयमा प्राप्तहुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई चोरीका ४ वटा मोटरसाईकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो ।

उनिहरुले बिर्तामोड एरियाका बिभिन्न स्थानहरुबाट मे. ८ प २११६ नम्बरको Avenger, प्रदेश १-०१-०१५ प ९२४२ नम्बरको Super Spender, मे. ९ प ३६१८ नम्बरको PULSAR, प्रदेश ३-०२-००९ प ५१२७ नम्बरको STRYKER मोटरसाईकल र मे. १ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्वर प्लेट परिवर्तन गरेर चलाउदै आएका थिए । पक्राउ परेका उनिहरुको चोरी सम्वन्धि कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

The post झापामा मोटरसाइकल र अटो टेम्पो चोरीमा संलग्न चार जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register