पहिरोका कारण देशका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । गए रातिको वर्षापछि आएको पहिरोका कारण देशका विभिन्न पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार एक सडक एकतर्फी मात्र सञ्चालनमा छ । प्रहरीले आइतबार बिहान १० बजेको अपडेटअनुसार भन्दै ललितपुरको आश्रांगदेखि गिम्दी जाने सडक पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ । यस्तै कोशी प्रदेशमा दुईवटा सडक पूर्णरूपमा अवरुद्ध छन् भने […]

Jun 15, 2025 - 07:02
 0
पहिरोका कारण देशका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । गए रातिको वर्षापछि आएको पहिरोका कारण देशका विभिन्न पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार एक सडक एकतर्फी मात्र सञ्चालनमा छ ।

प्रहरीले आइतबार बिहान १० बजेको अपडेटअनुसार भन्दै ललितपुरको आश्रांगदेखि गिम्दी जाने सडक पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ । यस्तै कोशी प्रदेशमा दुईवटा सडक पूर्णरूपमा अवरुद्ध छन् भने एक सडक एकतर्फी सञ्चालनमा छ । प्रहरीका अनुसार धनकुराटाको रवि–राँके–भेडेटार सडक पूर्णरुपमा अवरुद्ध छ । यस्तै खोटाङको दिक्तेल गाईघाट सडक पूर्णरूपमा अवरुद्ध छ भने, खोटाङमै मध्यपहाडी राजमार्गको हलेसी खण्ड एकतर्फी मात्र खुलेको छ ।

यस्तै मकवानपुरको भीमफेदीमा कान्तिपथ पूर्णरूपमा अवरुद्ध छ । उता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register