ट्रेड टावरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

काठमाडौँ । ट्रेड टावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ असार १ गते होटल क्रिष्टल, गौशालामा बाँडफाँड भएको हो । कम्पनीले जेठ १४ गते ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको उक्त आईपीओमा २० लाख ७४ […]

Jun 15, 2025 - 06:47
 0
ट्रेड टावरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

काठमाडौँ । ट्रेड टावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ असार १ गते होटल क्रिष्टल, गौशालामा बाँडफाँड भएको हो ।

कम्पनीले जेठ १४ गते ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीको उक्त आईपीओमा २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८ सय ९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३ सय ८८ आवेदन स्वीकृत भएका छन् ।

माग भन्दा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरेको हो । जसमध्ये ३ लाख २९ हजार ६ सय ५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register