इटहरीको तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै

काठमाडौं । इटहरीको तरहरामा कविता प्रतियोगिता आयोजना हुने भएको छ । एक लाख ७० हजा रुपैयाँ पुरस्कार राशी रहेको कविता प्रतियोगिता २०८२ बैशाख १२ गते शुक्रबारका दिन हुनेछ । कवि नारायण पौडेलको स्मृतिमा ‘श्री जन सहयोग २०५०’ ले आयोजना गर्न लागेको समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी […]

Apr 6, 2025 - 12:00
 0
इटहरीको तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै

काठमाडौं । इटहरीको तरहरामा कविता प्रतियोगिता आयोजना हुने भएको छ ।

एक लाख ७० हजा रुपैयाँ पुरस्कार राशी रहेको कविता प्रतियोगिता २०८२ बैशाख १२ गते शुक्रबारका दिन हुनेछ । कवि नारायण पौडेलको स्मृतिमा ‘श्री जन सहयोग २०५०’ ले आयोजना गर्न लागेको समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार दुई जनालाई क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ । यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८१ चैत मसान्तम्म कविता पठाउन सक्नेछन् ।

सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशितरअप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पठाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register