कतारमाथि नेपालको सहज जित

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२०आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले कतारमाथि सहज जित हासिल गरेको छ । बुधबार बिहान सकिएको खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १८ बल बाँकी छँदै १५४ रन बनाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले […]

Apr 9, 2025 - 05:42
 0
कतारमाथि नेपालको सहज जित

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२०आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले कतारमाथि सहज जित हासिल गरेको छ ।

बुधबार बिहान सकिएको खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गरेको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १८ बल बाँकी छँदै १५४ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए र यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ३७ रन जोडे ।

आरिफ शेखले ३३ तथा बसिर अहमदले अविजित ३० रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो ।

कतारका मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरेका थिए । उनी ५४ बलमा ५४ रन बनाए ।

नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।

चारदेशीय श्रृङ्खलामा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । श्रृङ्खलामा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपालले पहिलो खेलमै विजयी भएर सुखद् सुरुवात गरेको छ ।

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register