अमेरिकाको दाबी – युक्रेन रुससँग युद्धविरामको लागि तयार

काठमाडौं । अमेरिकाले युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि तयार रहेको दाबी गरेको छ । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि अमेरिकी मागमा “अगाडि बढ्न तयार” रहेको उल्लेख गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मङ्गलबार साउदी अरेबिया जाँदैछन् […]

Mar 10, 2025 - 07:03
 0
अमेरिकाको दाबी – युक्रेन रुससँग युद्धविरामको लागि तयार

काठमाडौं । अमेरिकाले युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि तयार रहेको दाबी गरेको छ ।

अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि अमेरिकी मागमा “अगाडि बढ्न तयार” रहेको उल्लेख गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मङ्गलबार साउदी अरेबिया जाँदैछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन् । तर, ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै तत्काल वाचा गरेका छैनन् ।

दश दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो । ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरे र हाल युक्रेनको लगभग २० प्रतिशत भाग रुसी कब्जामा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register