मगर युवा संघ, यूकेको अध्यक्षमा दीपक माइथाने मगर
लन्डन- मगर युवा संघ यूकेको अध्यक्षमा दिपक माइथाने थापा मगर निर्विरोध निर्वाचित भएका छन् । रुपन्देहीको कञ्चन ४ रुद्रपुर दियो बजार स्थायी घर भई हाल यूके रहेका माइथाने मगर युवा संघ, यूकेको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। उक्त अधिबेशनले उपाध्यक्षमा करिश्मा थापा मगर (बेम्ली) र सन्दीप राना, महासचिवमा विपना थापा मगर (युएचएसवी), सचिव मेरिन […]

लन्डन- मगर युवा संघ यूकेको अध्यक्षमा दिपक माइथाने थापा मगर निर्विरोध निर्वाचित भएका छन् । रुपन्देहीको कञ्चन ४ रुद्रपुर दियो बजार स्थायी घर भई हाल यूके रहेका माइथाने मगर युवा संघ, यूकेको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।
उक्त अधिबेशनले उपाध्यक्षमा करिश्मा थापा मगर (बेम्ली) र सन्दीप राना, महासचिवमा विपना थापा मगर (युएचएसवी), सचिव मेरिन पाइजा (युएचएसवी), सह सचिवमा विपस छन्त्याल (युएचएसवी), कोषाध्यक्ष दीपा सोमै मगर (वेम्ली), सह कोषाध्यक्षमा पवन राना मगर (वेल्स) र दिलुमाया राना मगर (वेस्ट लण्डन), सञ्चार सचिव महेश बुढा मगर, सह सञ्चार सचिवमा किरन थापा मगर (वेस्ट लण्डन), सांस्कृतिक सचिव दिलु थापा मगर (प्लमिस्टड), सांस्कृतिक सचिव बुद्धी सरु मगर (वेम्बली) र दिनेश थापा मगर (प्लमस्टिड), प्राविधिक संयोजक बिकल थापा मगर (केन्ट) लाई निर्वाचित गरेको छ।
यसैगरी सदस्यहरुमा हिरा आले मगर (मोर्डन), यादव गाहा (क्याटरिक), रेशम थापा मगर (क्याटरिक), सभ्यता पुन (केन्ट), समिरा रोका मगर (केन्ट), शेरबहादुर रोका मगर (वेम्बली), प्रकाश घर्ती मगर (रेडिङ शाखा) र नूतन सिरिस (टोनब्रिज) निर्वाचित भए।
विभिन्न म्यूजिक भिडियोमा अभिनय समेत गरेका दीपक थापा मगर संगीत तथा गीत सर्जक समेत हुन् । बेलायतमा रहेर नेपाली गीत संगीतमाको क्षेत्रमा योगदान दिएका नवनिर्वचित अध्यक्ष मगरलाई मगर संघ, यूकेकी निवर्तमान अध्यक्ष सिता पूर्जा पुन मगरद्वारा सम्मान समेत गरिएको थियो।
सन् २००९ मा अध्ययन सिलसिलामा यूके आएका माइथानेले केन्द्रिय मगर संघ युथ यूके उपाध्यक्ष, यती नेपाली एसोसियसन यूके, गुल्मी जिल्ला समाज यूके, प्रतिभा नक्षेत्र यूके र मगर संघ यूके वेम्ब्ली शाखाको सांस्कृतिक सचिव, वेम्ब्ली मिफुरुङ युथ यूकेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेर संस्थागत नेतृत्व गरिसकेका छन्।
सन् २०१६ मा स्थापना भएको मगर युवा संघ यूकेको स्थापनका लागि मगर संघ यूके पूर्व अध्यक्षहरु नेम थापा मगर र लाल पुन मगरको उल्लेख्य भूमिका थियो ।
What's Your Reaction?






