रोजगारी वृद्धि गर्ने बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी वृद्धि गर्ने बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणबारेको बैठकमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी अभिवृद्धि गर्ने बजेट ल्याउन निर्देशन दिएका हुन् । मन्त्री तथा सचिवहरूसँगको बैठकमा उनले शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज सेवा सुविधा दिनेतर्फ ध्यान केन्द्रित गर्न […]

Apr 10, 2025 - 13:42
 0
रोजगारी वृद्धि गर्ने बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी वृद्धि गर्ने बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणबारेको बैठकमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी अभिवृद्धि गर्ने बजेट ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्री तथा सचिवहरूसँगको बैठकमा उनले शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज सेवा सुविधा दिनेतर्फ ध्यान केन्द्रित गर्न पनि निर्देशन दिएका छन् । ‘स्रोतको आधारमाविना बजेट ल्याइएको हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउनुपर्छ । अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्छ,’ उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राजश्व संकलनमा बदमासी गर्नेलाई तुरून्तै कारबाही गर्न पनि निर्देशन दिएका छन् । ‘राजस्व संकलनमा बदमासी पाइएमा सम्लग्न जो कोहीलाई तुरुन्त कारवाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि नै जनताको विकासमा खर्च गर्न सकिन्छ,’ उनको भनाइ छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्णका बेथिति सुधार्दै विधि र मापदण्डमा आधारित रहेर बजेट तर्जुमा हुने जानकारी गराएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register