शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र, वार्ता जारी

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण पत्रका साथै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने २४ बुँदे मुद्दाहरूको सूची पनि बुझाएको छ। ध्यानाकर्षण पत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने […]

Apr 10, 2025 - 14:45
 0
शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र, वार्ता जारी

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण पत्रका साथै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने २४ बुँदे मुद्दाहरूको सूची पनि बुझाएको छ।

ध्यानाकर्षण पत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र स्पष्ट हुनुपर्ने र विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिलाइ भएको हो भन्ने प्रश्न उठाइएको छ। महासङ्घले वार्ताको वातावरण बनाउन यी विषयमा सरकारको स्पष्टता आवश्यक भएको जनाएको छ।

महासङ्घको प्रतिनिधिमण्डलमा महासचिव तुला बहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावल रहेका छन्।

दिउँसो ५ बजेदेखि सुरु भएको छलफल अझै जारी छ। छलफलमा महासङ्घका चार जना प्रतिनिधि र मन्त्रालयका तर्फबाट शिक्षामन्त्री भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र दुई जना सहसचिव सहभागी छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register