पठाओबाट विवाह र घुमघामका लागि बस पनि ‘बुक’ गर्न मिल्ने, इन्स्योरेन्सदेखि रात्रिकालीन बसाइको पनि सुविधा !  

काठमाडौँ । पठाओबाट ठूला गाडी र बस पनि बुक गर्न मिल्ने भएको छ । पठाओमार्फत अब कार, एसयूभी, माइक्रो, मिनी बस र ठूला बस पनि बुक गर्न मिल्ने भएको हो ।  हाल बाइक र ट्याक्सीमार्फत सेवा दिँदै आएको पठाओले अब भने ‘पठाओ रेन्टल’ सेवामार्फत ठूला गाडी भाडामा लिन सकिने सुविधा पनि सुरु गरेको कम्पनीले जनाएको […]

Apr 13, 2025 - 08:17
 0
पठाओबाट विवाह र घुमघामका लागि बस पनि ‘बुक’ गर्न मिल्ने, इन्स्योरेन्सदेखि रात्रिकालीन बसाइको पनि सुविधा !  

काठमाडौँ । पठाओबाट ठूला गाडी र बस पनि बुक गर्न मिल्ने भएको छ । पठाओमार्फत अब कार, एसयूभी, माइक्रो, मिनी बस र ठूला बस पनि बुक गर्न मिल्ने भएको हो । 

हाल बाइक र ट्याक्सीमार्फत सेवा दिँदै आएको पठाओले अब भने ‘पठाओ रेन्टल’ सेवामार्फत ठूला गाडी भाडामा लिन सकिने सुविधा पनि सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधा अन्तर्गत ग्राहकले आफू अनुकुल कार, एसयूभी, माइक्रो, मिनी बस र ठूला बस बुकिङ गर्न सक्नेछन् । 

यसरी ठूला गाडी बुक गर्दा प्रयोगकर्ता आफैँले भाडादर प्रस्ताव गर्न सक्ने कम्पनीले जनाएको छ । यद्यपि भाडादर भने दुवै पक्षबीचको सहमतिपछि तय गरिनेछ । कम्पनीका अनुसार निर्धारित भाडादरमा सडक दस्तुर, पार्किङ, इन्धन र रात्रिकालीन बसाइ लगायतका सबै खर्च समेटिनेछ । 

उक्त सुविधा अन्तर्गत विवाह, पिकनिक, पर्यटन तथा कार्यालय प्रयोजनका लागि आवश्यकता अनुसार गाडी बुकिङ गर्न मिल्नेछ । यसरी गाडी बुकिङ गर्दा कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ । उक्त सेवामा पनि अन्य सेवाजस्तै बीमाको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्राहकले पठाओमा दिइएको नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक सक्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register