ल्होसारको अवसरमा सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगीतिक कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रम फागुन १७ गते (शनिबार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रबन्धक रविन अर्यालले जानकारी दिए । उक्त कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक […]

Feb 28, 2025 - 05:31
 0
ल्होसारको अवसरमा सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगीतिक कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रम फागुन १७ गते (शनिबार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रबन्धक रविन अर्यालले जानकारी दिए ।

उक्त कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायतका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागीहरुले डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लोकल ब्याण्डको लाइभ ब्याण्ड प्रस्तुति र परम्परागत सांस्कृतिक घरानाहरुको मनमोहक सांस्कृतिक नृत्यको पनि मजा लिन सक्नेछन् ।

अर्यालका अनुसार एक हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो कार्यक्रम एक अविस्मरणीय सांस्कृतिक अनुभव हुनेछ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा मनाइने यस कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यसका साथै स:शुल्क खाना तथा पेयका स्टल पनि उपलब्ध हुने बताइएको छ ।

संगीत, नृत्य र खानाका साथ रमाइलो माहोलमा ल्होसार मनाउन आयोजना गरिएको कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बियर र प्रायोजक कोकाकोला रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register