हेटौँडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

काठमाडौं । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौँडा अस्पताल बचाऊँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ । अभियानमा आबद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रङ्ग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौँडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् […]

Apr 13, 2025 - 10:53
 0
हेटौँडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

काठमाडौं । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौँडा अस्पताल बचाऊँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ ।

अभियानमा आबद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रङ्ग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौँडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् ।

अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्नेमा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

हेटौँडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

यता अस्पतालले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पताल भनि बोर्ड राखेको थियो । एकातिर नेपाल सरकारको लोगो र अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो रखिएपछि यस विषयमा पुनः विवाद निस्किएको हो । अदालतको फैसला अगावै अस्पतालले हेटौँडा अस्पताललाई प्रतिष्ठानसँग जोड्न कानुनसम्मत नहुने जानकारहरुको भनाइ छ ।

समितिले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्नुपर्ने, अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग राख्दै नागरिक हस्ताक्षर अभियान, मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणलगायतको कार्यक्रम गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register