नागढुङ्गा घटना: हातपातमा संलग्न दुई प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको नागढुङ्गामा  प्रहरी कर्मचारीहरूबीच भएको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देखिएका दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ। कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार […]

May 14, 2025 - 17:18
 0
नागढुङ्गा घटना: हातपातमा संलग्न दुई प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको नागढुङ्गामा  प्रहरी कर्मचारीहरूबीच भएको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देखिएका दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सार्वजनिक भएलगत्तै दुवै प्रहरीलाई हालको जिम्मेवारीबाट हटाई छानबिन थालिएको हो।

उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरी संगठनभित्र अनुशासन र आचरणको विषयमा गम्भीर प्रश्न उठेको छ। घटनाको विस्तृत छानबिनपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register