विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ । आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो । आयोगले ३१ लाख ५९ हजार सात सय ३५ रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो । […]

Apr 14, 2025 - 04:36
 0
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो । आयोगले ३१ लाख ५९ हजार सात सय ३५ रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो । सो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।

त्यसैगरी आयोगले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर याव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।

जग्गा नियम विपरित कित्ता काट र गलत फाइल नक्सा तयार पारेकाले सो कार्य भ्रष्टाचारजन्य गतिविधि रहेको आयोगको ठहर छ । सो मुद्दामा विशेष अदालतले २०८० फागुन १७ गते फैसला गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register