छविलाल जोशीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । सर्वोच्‍च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले छविलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो । बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी […]

Apr 15, 2025 - 11:50
 0
छविलाल जोशीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । सर्वोच्‍च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुङ्गानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register